Wednesday, April 29, 2020

CORONA VIRUS (COVID-19), POEM, writer : Niraj Magar form Nepal.

6

"कोरोना भाइरस"


चाइनाको बुहान शहरबाट कोरोना भाइरस आयो
संसारभरी कोरोना भाइरसले एक छत्र राज्य जमायो ।
हिटलर जस्ता शासकले गर्न नसकेको काम गरेर देखायो
वीर गोर्खालीको देश नेपाल समेतलाई आफ्नो बनायो ।।

आज बिश्वभरी कोरोनाले माहामारीको बिक्राल रुप लिएको छ
उक्त माहामारीलाई हटाउन सारा संसार एकजुट भै लागि परेको छ ।
अमेरिका र चाईना जस्ता देश भ्याक्सीन बनाउने प्रतिस्पर्धामा छ
नेपाल चै औषधि भ्रष्टाचार गर्ने तथा कुर्सी बचाउने षडयन्त्रमा छ ।।

चाईनाबाट कोरोना आएको सायद झन्डै ६ महिना भयो होला
अमेरिका वा चाईना दुई देश मध्ये कस्ले बनाएको होला ?
यी दुई देशको आपसी मनमुटावबाट कोरोना जन्मिएको होला
कोभिड -१९ को भ्याक्सीन बनाएर संसार कस्ले बचाउने होला ।

अहिलेसम्म कोरोना भाइरस विरुद्ध कुनै औषधि बनेको छैन रे
यस्तो परिस्थितिमा कोरोनाबाट बच्न लकडाउन गर्नै पर्छ रे ।
त्यसैले आजसम्म छिमेकी देश भारत लकडाउनमा बसिराको छ
भारतलाई हेरेर १ महिनामा ४ पटकसम्म लकडाउन थपिराको छ ।।

कसरी बुझ्नु नेपाली जनताले कुन आधारमा लकडाउन गरेको हो
खुल्छ भन्दा भन्दै लकडाउन बढाउनाले धैर्यको बाध फुटेको हो ।
परिस्थिती अनुसार ठोष निर्णय लिन नसक्नु नेताहरुको कमजोरी हो
लकडाउन उलंघन गरि उत्पत्यका छाडी जानु जनताको बाध्यता हो ।।

हामी नेपाली जनताले लकडाउन नगर भनेर कहाँ भनेको छ र !
बसिराको ठाउँमा लकडाउनभरी मात्र दुई छाक खाना दिएर त हेर ।
वीर गोर्खालीका सन्तान हौं कोरोनाको डरले भोकभोकै बस्दैनौ
हिडेरै भएनी गन्तव्यमा जाने छौं बाटैमा मर्नु परेनी डराउदैनौ ।।

विभिन्न राहात कोषमा करोडौं रुपैयाँ अनुदान पाएका छन्
राहात भनी ३ केजी चामल, १ किलो आलु बाडेका छन्  ।
वा-वाही बटुल्न सामाजिक सन्जाल भरी हालेका छन्
नभएको इज्जत उछालेर हाम्रो समेत बेइज्जत गरेका छन्  ।

राहातमा दाल, चामल पाउँदा नि नून मात्र पाए जस्तो भो
४ जनाको जाहानलाई हप्ताभरि पुर्‍याउन पनि गाह्रो भो ।
गाउँघरमा छाडेका आमाबुबाहरु चिन्तामा डुबि बसेका छ्न
बाध्यताले गएका नेपालीहरु खाडी मुलुक फसी राका छन्  ।।

बाआमा लकडाउन खुलेपछि आई हाल्छु चिन्ता लिनु पर्दैन
कोरोनाले ल्याएको आर्थिक मन्दीले खाडीमा रोजगारी नै रहदैन ।
मलाई मात्र होईन लाखौं नेपालीलाई खाडीबाट फर्काइन्दैछ हरे
कोरोनाले मार्न नसकेको हमीलाई साहुको ऋणले चै मार्छ हरे।।

अरु देशहरु त धनी न धनी छन् खासै फरक नपर्ने हो
लकडाउन खुल्ने बित्तिकै पहिलाकै अवस्थामा जाने हो ।
नेता धनी भएको गरिब देश नेपाल पो रेमिट्यान्सले चलेको हो
उन्नतिको त कुरा नै नगरौं कति वर्ष पछाडी धकेलिने हो ।।

If you like this poem then share your friends.

"Corona virus"


The corona virus came from Buhan, China
The corona virus has spread across the world.
A ruler like Hitler did what he could not do
The country of Veer Gorkhali also made Nepal his own.

Today, corona has become an epidemic in the world
The whole world is united to eradicate this epidemic.
Countries such as the United States and China are competing for vaccines
Nepal is in a conspiracy to corrupt medicine and save the chair.

It has been about 6 months since Corona came from China
Which of the two countries, the US or China, made it?
Corona may have been born out of mutual animosity between the two countries
Who will save the world by making Covid-19 vaccine?

So far no drug has been developed against the corona virus
In such a situation, to avoid corona, one has to go to Lakdaun.
That is why the neighboring country India is still in limbo
Looking at India, it has been added four times in a month.

How to understand the basis on which the Nepali people have lakdauna
The barrier of patience has been broken by increasing the woodwork rather than opening it.
The weakness of the leaders is not being able to take concrete decisions according to the situation
It is the obligation of the people to leave the origin by violating the lockdown.

Where is the Nepali people saying that they should not be hanged?
Give only two tablespoons of food in the woods instead of sitting down.
We are the children of Veer Gorkhali. You do not go hungry for fear of Corona
We are going to go to the destination on foot, don't be afraid to die on the way.

Millions of rupees have been received in various relief funds
They have distributed 3 kg of rice and 1 kg of potatoes as relief.
They have spread all over the social network to collect Wa-Wahi
They have even disgraced us by raising our dignity.

When you get dal and rice for relief, it is as if you only get salt
It was difficult to reach Jahan of 4 people in a week.
Parents left behind in the village are overwhelmed with anxiety
Nepalis who have been forced to leave are trapped in the Gulf countries.

I don't have to worry when I come to Baama after opening the lockdown
The economic downturn brought by Corona has left jobs in the Gulf.
Not only me but millions of Nepalis are being turned away from the Gulf
Sahu's debt kills Hami, who couldn't be killed by Corona.

It doesn't matter if other countries are rich or not
As soon as the lockdown opens, it will return to its previous state.
Nepal is run by remittances, a poor country where the leader is rich
Let's not talk about progress, how many years will be pushed back.


If you like this poem then share your friends.




Author Image

About nrjmagar
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design

6 comments:

  1. राम्रो छ। यसरी नै लेखनु
    म आश गर्छु तिमीले यस्तै कबितालाई निरन्तरता दिने छौ

    ReplyDelete
  2. Nice man. Keep it up brother.🙂

    ReplyDelete
    Replies
    1. Thank you and I will post my next poem "satta" very soon.

      Delete