Tuesday, May 12, 2020

Poem, Nepali poem, poem for friends, friends forever, this poem dedicated to every friend.

1

"साथी"

मनुष्य जीवनमा साथीको योगदान अमूल्य हुदो रहेछ
बाल्यावस्थादेखी मर्दाको अवस्थासम्म साथी चाहिने रहेछ ।
मरेपछिको जीवन कस्ले चै छ र देखेको यहाँ 
स्वर्ग वा नर्ग गए नी साथी नै पो चाहिने हो त्यहाँ ।।

साथी नै नभाको मानिस सायदै यो संसारमा छैन होला
भए नि जिन्दगीको कुनै मोडमा साथीको महसुस गर्‍यो होला ।
दु:खमा एक्लै एक थोपा आसु नझारी दिनरात बिताए पनि
खुशीमा सेलिब्रेट गर्न साथी न हुँदा कुनै क्षण रोयो होला पनि ।।

चुरोट र रक्सी नखाने भन्दा नि खानेको साथी धेरै हुदो रहेछन् 
तर पनि २-४ जना मात्रै अति नै मिल्ने खास साथी बन्ने रहेछन् ।।
त्यसैले होला कसै कसैको जीवनमा २-४ जना मात्रै साथी छन् 
ती २-४ जना साथीले एक अर्कासंग अनौठो सम्बन्ध गासेका छन् ।।

असल साथी हुनेको जीवन खुशीले भरिएको छ
दु:खको घडिमा नि साथीलाई सम्झी हासी रहेको छ ।
कसैले दु:खमा साथ नदिदा नि उ पूर्ण विश्वासमा बसेको छ
कोहि उसको साथमा न आए नि साथी अघि बढ्ने भनी सोचेको छ।।

जीवनमा आफ्न्त सबैले हात छोडी गए नि
साथीले हात समाती हिड्न सिकाउने रहेछन् नि ।
त्यही भएर अनाथ बालाबालिकाको कोहि नहुदा नि
साथी साथी मिलिजुली कवाडी उठाउदा रहेछन्  नि ।।

अनाथलाई दुई छाक भोक मेटाउनु भन्दा अरु के नै चाहिन्छ र
त्यही पनि जीवनको सङ्घर्षमा साथी बनाई हिड्नु परेको छैन र ।
ती अनाथ बालबालिकालाई नि साथीको महत्व बोध भयो होला
आमा लिन्छौ कि साथी भनी सोध्दा सायद साथी नै रोज्छ्न होला ।।

तर आमाको माया र ममता भन्दा ठूलो यो ब्रह्माण्डमा नै केही छैन् 
जीवनको कुनै मोड्मा आमाको माया र ममता नि कमजोर भै दिन्छन्।
त्यही भएर होला ठाँउ ठाँउमा धेरैले अनाथको जीवन बिताउनु परेको
अनाथलाई पनि खुशीसंग रहन साथीको आवश्यकता पर्न हो गएको ।।

आमाको माया र ममता पनि सन्तानहरुमा बाडिन्छ हरे
परिस्थिती त्यस्तै परे आमाले नि सन्तानहरुमा एउटालाई छान्नु पर्छ रे ।
दाजुभाईसंगको झगडामा जीवनभर नबोली बस्न सकिन्छ होला
साथीसँगको झगडामा चै के कारणले बोल्नमा बाध्य गराउने होला ।।

सुख त के दु:खको खडिमा नि निस्वार्थ साथ दिने साथी नै हुदो रहेछ
बिग्रीनेदेखि सप्रीनुमा समेत साथीको संगतले खेल खेल्दो रहेछ ।
न कसैसङ्ग साथी बाड्नु पर्ने न बाध्यतामा छान्नु पर्ने केही हुदैन रहेछ
त्यही भएर नि होला इश्वरको समेत यसमा केही चल्दैन रहेछ ।।

भगवानले धर्तिमा मनुष्यलाई पठाउदा आफ्न्त सबै दिए नि
मन मिल्ने साथी दिन नसकी आफैं चुन्ने छुट दिएको होला नि ।
असल साथी बनाउन सकेमा दु:खसंग लड्ने क्षमता बढ्दो रहेछ
जीवनको हरेक पलहरु हासी खुशिले बित्ने पो रहेछ ।

यो कविता हरेक साथीको लागि समर्पित छ
मन परेमा तपाईको साथीलाई शेयर गर्नुहोस्  ।
मेरो जानकारीको लागि कमेन्ट बक्समा कमेन्ट गरि दिनुहोस् ।

धन्यवाद !




Author Image

About nrjmagar
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design

1 comment: