Saturday, May 9, 2020

Tolerance of Nepali people, Tana Tan, Lipule, Kalapani, Nepali Poetry, Writer: Niraj Magar

0


"नेपाली जनताको सहनशीलता"

नेपाल आमाको रक्षाका निमित्त दु:ख सहेर पुर्खाहरु सहनशिल भए
देशप्रती आँखा गाडी हड्प्न खोज्नेहरुलाई जितेर वीर गोर्खाली भए ।
हामी वर्तमानका सन्ततीहरुलाई नि सहनशिल बन्न सिकाएर गए ।।

त्यसैले होला सहनशिल हुनु नि राम्रो कुरा हो
जो सुकैको वशमा हुन नसक्ने कुरा हो ।
नेपालीमा मात्र छ रे जुन गर्वको कुरा हो ।।

तर खै किन लाग्न थाल्यो सहनशिल हुनु राम्रो हो या नराम्रो
हामी सहनशिल हुनुमा गल्ती पुर्खाको थियो वा नेपाल आमा तिम्रो ।
बिचार गर्दा आज रुदै भनुपर्‍यो नेपाल आमा गल्ती रहिछ हाम्रो ।।

पुर्खाले नि आजभोली रिसाएर भन्दै छन् होलान हामीहरुलाई
भुल्नै नसक्ने ईतिहास राखी नेपाल आमा सुम्पिए तिमीहरुलाई ।
इतिहास नै बिर्सि सके छौ अनि कसरी सम्झिने भयौ हामीहरुलाई ।।

कमाएको वीर गोर्खालीको नामलाई आजभोली देखाउन सकेनौं
नेपाल आमाको एक टुक्रा भूमी भारतले हड्पेको रोक्न सकेनौ ।
सिकाएको सहनशिलताको अर्थलाई तिमीहरुले बुझ्नै सकेनौं ।।

दिन प्रतिदिन भारतले नेपाल आमालाई कुल्ची भूमी मिच्या मिचै छ
हाम्रा सन्ततीहरु भ्रष्ट नेताहरुले रोक्छ भनी समाचार सुन्या सुनै छ ।
सहनशील हुनु भनेको जे नि सहेरै बस्नु पर्छ भनी बुझे जतिकै छ ।।

त्यही भएर होला अर्काले मात्र होईन आफ्नैले हेप्या छ
हामीलाई त भारतको भन्दा नि आफ्नैको डर बस्या छ ।
नेपाल सारकार हुँदा हुदै के कारणले हो भारत नेपाल भित्र पस्या छ ।।

एकचोटि मात्र नभएर बारम्बार भारत नेपाल तिर बढ्या बढै छ
खै कुन खेल हो यस्तैबेला नेताहरुमा कुर्सी ताना ताना सुरु हुन्छ ।
भारतको रणनीति नै राम्रो हो कि आन्तरिक कुरा नै अर्को भै दिन्छ ।।

आपत्त बिपत्तमा अनुदान बाड्न नसक्नेहरुसंग के आशा लगाएको
देशको माया थियो भने तिमी नेपाली जनतालाई किन होला रुवाएको ।
देशप्रती माया र ममतालाई बुझेर तिमी जनता खै अघि बढन सकेको ।।

जस्ले जे जसो गर्दा नि हाम्रा सन्ततीहरु २-४ दिन उफ्रिने हो मैदानमा
यस्तो हो उसो हो भन्दै ठूला ठूला कुरा गर्ने भए साथी भाईको भिडमा ।
त्यसपछी सबै सहेर यस्तै छ भन्दै फर्किने हो आफ्नै पुरनो संसारमा।

यसरी नै दिन रात बिताउने हो भने देश कसरी पो बन्छ ?
बिस्तारै बिस्तारै विश्व नक्साबाट नेपाल खै कता जान्छ ।
अनि एकदिन नेपाललाई नक्सामा देखाउन पनि गह्रो हुन्छ ।।

राम्रो लागे कृपया कमेन्ट बक्समा कमेन्ट गरि शेयर समेत गर्न नभुल्नु होला ।

धन्यवाद !

Author Image

About nrjmagar
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design

No comments:

Post a Comment